Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

२ कराेड ४४ लाख रुपैयाँ सम्पत्तिकाे स्राेत नखुलेपछि पूर्व नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत रहँदा अवकाश पाएका नायब सुब्बा झाको दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ सम्पत्तिकाे स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

२०३९ साल मङ्सिर ९ गते गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका झाले २०७८ साउनमा नायब सुब्बा पदबाट अवकाश पाएका हुन् । २०३९ सालदेखि २०७८ सालसम्मको उनको समग्र आम्दानी तथा खर्च एवम् लगानीलाई आधार मानेर छानबिन गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो । समीक्षा अवधिमा झाले दुई करोड ४२ लाख ६७ हजार आयआर्जन गरेको र चार करोड ८७ लाख ३८ हजार रुपैयाँ खर्च एवम् लगानी गरेको देखिएको आयोगकाे विज्ञप्तिमा उल्लेख छ ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले त्यस बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि माग दाबी गरिएको अख्तियारले जनाएको छ । झाको स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै आयोगले झाकी श्रीमती र तीन छोरालाई पनि प्रतिवादी कायम गरेको छ । 

यसअघि पनि गएको शुक्रवार पूर्व नासु भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेकाे थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP