Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बागलुङमा लागुऔषधसहित ४ जना पक्राउ

बागलुङ : बागलुङमा ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पाल्पाको मदनपोखरा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय शोसन चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले ९०५ एम्पुल फेनारगन, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ गरि २ हजार ७४६ एम्पुल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

बुटवलदेखि बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसमा लागुऔषध ओसारपसार भएको सूचना पाएपछि प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP