पर्सा : नेपालीले आयात गरेका मालवस्तु लिएर भारतबाट आउने मालवाहक सवारी साधन लागु औषध ओसार–पसारमा गर्नमा पनि संलग्न हुने गरेको भेटिएको छ।
बिहिबार पनि नेशनल पर्मिट (एनपी) लेखिएको एक भारतीय नम्बरको सवारी नेपालबाट फर्कने क्रममा प्रतिबन्धित लागुऔषध गाँजा २ सय ७० केजीसहित पक्राउ पर्दा यस्तो भेटिएको हो।
युपी २१ एएन ९९५७ नम्बरको मालवाहक सवारीमा २७ पोकामा रहेको २ सय ७० केजी प्रतिबन्धित गाँजा पर्सा प्रहरीले बरामद गरेको छ। मालवाहक सवारी साधनको क्याविनमा बनाइएको फल्स बटममा ती सवारी नेपाल भित्रिँदा चाही के लिएर छिर्छन् भन्ने एकिन तथ्याँक वीरगन्ज भन्सार र पर्सा प्रहरीसँग पनि छैन। फर्कदा भने प्रतिबन्धित लागुऔषध लिएर फर्किदै गरेको रहस्य पटक–पटक प्रहरीले फेला पार्न थालेको छ।
भारतबाट विभिन्न मालवस्तु लिएर नेपाल आएको र फर्कने क्रममा २७ पोकामा रहेको २ सय ७० केजी गाँजा लिएर पर्कँदै गरेको रंगेहात पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।
सुरक्षाकर्मीले मालवस्तु लिएर फर्किएको सवारी खासै चेक जाँच गर्दैनन् भन्ने ठानी ती सवारीका चालक सहचालकले सुरक्षाकर्मीलाई झुक्याउन खोजे पनि सफलता नमिल्ने उनको तर्क छ। सीमा नजिक जस्तो पनि अपराधिक कृयाकलाप हुन सक्छ भन्ने आँकलन गरी तैनाथ बसेको प्रहरीले चालकको क्याविनमा फल्सबटम बनाई लुकाइछिपाई ओसारपसार गर्दै गरेको प्रतिबन्धित लागुऔषध पटक–पटक बरामद गरेको उनको भनाइ छ।
पछिल्लो पटक पर्सा प्रहरीले उक्त परिणामको गाँजा सहति भारत विहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नम्बर ११ का २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा का ५० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तलाई लागु औषध सम्बन्धी कसुरमा कार्वाही प्रकृया अगाडी बढाइको पर्साका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले बताए।
सूचनाका आधारमा प्रहरीले बरामद गरेको गाँजा र सम्लग्न व्यक्ति हेटौडाबाट फर्कने क्रममा रहेको सक्ने उनको तर्क छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर सडकखण्डमा त्यो सवारीलाई रोकी चेकजाँच गरिएको र अवैध गाँजा पक्राउ गरिएको उनले बताए।
‘उताबाट मालवस्तु लिएर नेपाल आएका मालवाहक सवारीले फर्कने क्रममा प्रतिबन्धित लागुऔषध लिएर फर्केको यो नै पहिलो घटना होइन’ प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया