काठमाडौँ । काठमाडौमा रहेका आफ्ना नगरवासीलाई पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण थापाले घरघरमा पुगेर राहत वितरण गर्नुभएको छ । संभवतः देशका कुनै पनि मेयरले नदेखाएको सक्रियता, चासो र हार्दिकता रामपुरका मेयर थापाले देखाउनु भएको भन्दै नगरवासीहरुले आभार व्यक्त गरेका छन् ।
उहाँले पाल्पा काठमाडौ सम्पर्क समितिका सचिव अमृत अधिकारी र क्षेत्रीय संयोजक तुल्सीप्रसाद पोखरेललाई काठमाडौमा रहेका नगरवासीहरुको अवस्था बुझेर राहतको आवश्यकता पर्नेहरुको सूची बनाउन लगाउनु भएको थियो ।
उनीहरुले बनाएको सूची अनुसार मेयर थापाले काठमाडौ आएर समस्यामा परेकाहरुलाई घर घरमै पुगेर राहत वितरण गर्नुभएको हो । मेयर थापाले काठमाडौमा रहेका ३३ परिवारका ८५ जनालाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
उनीहरुलाई चामल, दाल, गेडागुडी, स्वाईविन, तेललगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरिएको हो । परिवार सदस्य संख्याका आधारमा राहत सामग्रीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।
कतिपय व्यक्तिहरु अति विपन्न र दैनिक आम्दानी गरेर मात्रै घर व्यवहार चलाउनु पर्ने अवस्था समेत पाइएको उहाँले जानकारी दिनुभयो । उहाँले समस्यामा पर्नेमा विद्यार्थी र अवसरको खोजीमा काठमाडौ बसेका बेरोजगारहरुको संख्या पनि धेरै रहेको बताउनुभयो ।
“घर घरमा राहत सामग्री पु¥याउन जाँदा यहाँ रहेकाहरुलाई पनि राहत दिने निर्णय एकदमै सही निर्णय गरिएछ भन्ने लागेको छ,” उहाँले भन्नुभयो । उहाँले थप अनुभव सुनाउनुभयो, “सामान्यतया काठमाडौमा रहेकालाई खासै समस्या छैन होला भन्ने लाग्दछ, तर यहाँ रहेकाहरुको अवस्था झन नाजुक देखियो, गाउँमा त बरु खानकै लागि कसैलाई पनि समस्या हुदैन, तर यहाँ भने खानाकै पनि ठूलो समस्या भएको रहेछ ।”
मेयर थापाले काठमाडौमा अल्पत्र परेर घर जान चाहेकाहरुलाई नगरपालिकाले गाडीको व्यवस्था गरेर घर जान चाहनेहरुको सूची पनि बनाएको तर पाल्पाको जिल्ला प्रशासन कार्यालयले स्विकृति नदिएकाले लैजान नपाइएको बताउनुभयो ।
उहाँले प्रशासनले स्विकृत दिएमा जुनसुकै बेला नगरवासीलाई रामपुर लैजान आफु तयार रहेको पनि जानकारी दिनुभएको छ । मेयर थापाले यसअघि लकडाउन घोषणा भएकै दिन पनि झण्डै डेढ सय रामपुरबासीलाई काठमाडौबाट रातारात घर फर्किने व्यवस्था गर्नुभएको थियो ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा मेयर थापाले काठमाडौ बाहेक बुटवल, पोखरा, चितवनलगायतका ठाउँमा रहेका रामपुरबासीका बारेमा पनि सूची तयार पार्न लगाइएको बताउनुभयो । उहाँले ती ठाउँहरुमा पनि अत्यन्त संकटमा परेको कोही छ भने उनीहरुलाई पनि राहतको व्यवस्था गरिने जानकारी दिनुभयो ।
मेयर थापाले रामपुर नगरभित्र पनि समस्यामा परेकालाई राहत वितरण, लकडाउनको कार्यान्वयन, कोरोना सम्वन्धी जनचेतना, स्वास्थ्य परिक्षणलगायतका कार्य पनि तिव्रताका साथ भइरहेको बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया