काठमाडौं । सरकारले आवत जावतमा कडाई गरिएको घोषणा गरेपनि सांसदहरुको आवतजावतमा भने गृह मन्त्रालय मौन रहेको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सांसदहरुलाई आवाज जावतमा रोक्ने बारे मन्त्रालय केही नबोलेको जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले सांसदहरुका बारेमा स्थानीय प्रशासनले नै निर्णय गर्न सक्ने बताउनुभयो ।
“उहाँहरु जानु पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृती लिएर माननीयहरु जानु सक्नुहुन्छ,” शर्माले भन्नुभयो ।
गृह प्रवक्ता शर्माले विशिष्ट व्यक्तिहरुलाई दिइएको सुरक्षाकर्मी घटाउने सम्वन्धी नयाँ कार्यविधि मन्त्रीपरिषद्मा पठाइएको जानकारी दिनुभयो ।
उहाँले कार्यविधि मन्त्रीपरिषद्बाट स्विकृत भएपछि कार्यान्वयन गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको तर अहिले नै केही गर्न सक्ने अवस्था भने नरहेको उल्लेख गर्नुभयो ।उहाँले आवाजजावतलाई पहिला भन्दा कडाई गर्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया