काठमाडौं । नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक बालुवाटारमा बसीरहेको छ । केहि समयअगाडि सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्रीहरुकोपनि सहभागीता रहेको छ ।
गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
बैठकमा सहभागी दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए ।
पाँच दिन अघि भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयलाई लिएर तिब्र बिरोध भइरहेका बेला ओलीले त्यसबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बोलाउनुभएको हो ।
परराष्ट्र मन्त्रालयले सोमबार उक्त भूमि नेपालको भएको भन्दै सडक निर्माण कार्य तत्कालै स्थगित गरी वार्तालाई निरन्तरता दिन नेपालस्थित भारतीय राजदूत विजयमोहन क्वात्रालाई भेट गरी क्वात्रामार्फत भारतलाई कुटनीतिक ‘नोट’ पठाएको अवस्था अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया