काठमाडौं । सत्तारुढ नेकपाका सांसद भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पारित गर्नुपर्छ भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको खण्डन गर्नुभएको छ। यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्षित गर्दै उहाँले महाकाली सन्धी जस्तै एसीसी पनि राष्ट्रघाती हुने उल्लेख बताउनुभयो।
प्रतिनिधीसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभाग हुँदै रावलले भन्नुभयो, ‘नेपाली कांग्रेस संसदीय दलका नेताले यही अधिवेशनमा पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।’ महाकाली सन्धी १०/१० वर्षमा पुनरावलोकन हुने र कार्यान्वयन गर्ने सम्झौता भएपनि त्यो हुन नसकेको नेता रावलले बताउनुभयो।
नेता रावलले विवादास्पद एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको टिप्पणी गर्नुभयो। एसीसी सम्झौता अनुसार भयो भने राष्ट्रहित विपरित हुने बताउँदै उहाँले भन्नुभयो, ‘एउटा स्वधीन देशका हैसियतमा आँच पुर्याहउने सम्झौता लागु हुनुहुँदैन। स्वाधिनता पैसामा साट्न सकिँदैन।’
यसैगरी अन्तरदेशीय उद्योग खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर त्यस्तो गर्न मिल्ने कानुन नरहेको बताउनुभयो। उहाँले अन्य चुनौती भएको बेला अस्पष्ट कुराहरु अघि सार्दा जनतामा भ्रम सिर्जना हुने धारणा राख्नुभयो। कोरोनाभाइरस र भारतीय अतिक्रमणबाट देशलाई कसरी जोगाउने भन्ने दोहोरो चुनौती नेपालसामू रहेको नेता रावलको भनाइ छ।
लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतको उपस्थिति हट्नुपर्ने माग उहाँको छ। बीचमा नेपालको नक्साबाट कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको नेता रावलले बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया