Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलका क्रममाम उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावाफ दिनुहुने भएको छ । शुक्रबार संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल सोमबार सकिएपछि आज प्रधानमन्त्री ओलीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ संसदमा दिन लाग्नुभएको हो । छलफलका क्रममा प्रतिपक्षमा रहेका सवै राजनीतिक दलहरुले नीति तथा कार्यक्रमको विरोध जनाएका छन् ।

कोरोना संक्रमणको महामारीबाट बच्नका लागि आवस्यक विषयहरु नीति तथा कार्यक्रममा नसमेटिएको र अनावस्यक कार्यक्रमहरुको मात्रै दस्तावेज आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संशोधन प्रस्ताव दर्ता गराउदै कोरोनाबिरुद्ध लड्न राष्ट्रिय संकल्पको सामुहिक एजेण्डा बनाउनुपर्ने माग राखेको छ ।

आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आफना कुरा राखेपछि प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP