Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘भारतसँगको सीमा विवाद दुई महिनामा सल्टिने विषय होइन, समय लाग्छ’

काठमाडौँ । नेताहरु नेकपा नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भारतसँगको सीमा विवाद मिलाउन समय लाग्ने बताउनुभएको छ । उहाँले सरकारको लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा जारी गर्ने निणय शाहसिक भएपनि यो विषय भनेको एक वा दुई महिनामा समाधान हुने कुरा नभएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता नेम्वाङ सीमामा उठको विवादका विषयमा कुरा गर्न नेपाल सरकारले पटक पटक आग्रह गरेको तर, कोरोनाको कारण देखाउदै भारत तत्काल वार्तामा बस्न तयार नभएको बताउनुभयो । उहाँले भारतले सीमाका विषयमा तत्काल बार्ता सुरु गर्नुपर्ने भन्दै कोरोनाको संक्रमण बढीरहेका बेला सकडक खन्न सक्नेले अहिले वार्तामा बस्न सक्दिन भन्नु उचित नहुने तर्क गर्नुभयो ।

नेम्वाङ नाकाबन्दीमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सामु फेरी राष्ट्रवाद प्रकट गरेको भन्दै संविधान अनुसार नेपालको लिम्पियाधुरा सहितको नक्सा जारी गर्न नेकपा सरकार कति पनि पछाडी नहट्ने दावी गर्नुभयो । उहाँले भारतसँग बार्ता गर्दा धेरै विषय उठाइनुपर्ने तर, सरकारले निर्णय गर्यो अब मिचिएको भूभाग एक दुई महिनामा फिर्ता भइहाल्छ भनेर सोच्न नहुने भन्दै अहिले समयको यकिन गर्नु गलत हुने बताउनुभयो ।

नेम्वाङले चीन सरकारसँग कुरा भइरहेको भन्दै सीमाका विषयमा चीनसँग वार्ता गर्नु आवस्यक नरहेको बताउनुभयो । चीनले त्रीदेशीय मार्गमा कुनै एकदेशले मात्रै निर्णय गर्न नमिल्ने भनेको र उसले यो विषय नेपाल र भारतबीचको भएकाले दुई देश बसेर समाधान गर्न सल्लाह दिएको बताउनुभयो । उहाँले सीमाका विषयमा चीनले नेपाललाई थप साथ दिने आसा पनि व्यक्त गर्नुभयो ।

एमसीसीबारे प्रश्न उठाउन पाउने भन्दै नेम्वाङले सरकारले एमसीसी जस्केलाबाट नभई मुल ढोकाबाट नै संसदमा छिराएको बताउनुभयो । एमसीसी अब संसदको विषय भएकाले कसैले पनि यसमा टिप्पणी गर्न आवस्यक नरहेको भन्दै उहाँले ट्रान्समिसन लाइन बनाएर नेपालको विजुली निर्यात गर्न पनि आवस्यक रहेको र यो स्रोत पनि यसैका लागि भएको र यसलाई संसदीय प्रक्रिया अनुसार टुंगो लाग्ने धारणा राख्नुभयो ।

प्रतिपक्षले हामीले सहमति गरेको हो यहि संसदबाट पारित गराउनपर्छ भनेर दवाव दिइरहेको भन्दै उहाँले एमसीसी विवादका लागि नभएर सरकारले अनुमोदनका लागि सदनमा पेश गरेको दावी गर्नुभयो । विदेशमा भएको नेपालीहरु जथाभावी ल्याउने नभई समस्या परेकाहरुलाई ल्याउने तयारीमा सरकार लागि रहेको र अलपत्र परेकालाई ल्याएरै छाड्ने बताउनुभयो ।

नेम्वाङ कोरोना उपचार र क्वारिन्टाइका विषयमा सार्वजनिक रुपमा उठेका कुराप्रति सरकार गम्भीर भएको भन्दै बिश्वमै स्वाथ्य सामाग्रहरु अभाव भएको समयमा नेपालमा पनि पर्याप्त नरहेको र यसबाट बच्न सरकार भन्दा जनता बढी चनाखो हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP