काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशित गर्न आफूले नै पार्टीमा प्रस्ताव गरेको बताउनुभएको छ। नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको भन्दै उहाँले यसपटक पनि यो प्रस्ताव पार्टीको बैठकमा आफूले नै राखेको बताउनुभएको छ।
बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् गौतमले वर्तमान सरकारका अनेकन कार्यको आलोचना मात्रै हुँदै आएको भए पनि यो काम भने स्वागतयोग्य भएको उल्लेख गर्नुभएको छ।
‘सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ।’ गौतमले भन्नुभएको छ, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ। तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ।’
ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेकोमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ।
सो नक्सा जारी गर्ने घोषणासँगै प्रधानमन्त्री ओली र भूमि सुधार मन्त्री पद्मा अर्यालको धेरैले प्रशंसा गरिरहेका बेला नेता गौतमले यस निर्णयमा आफ्नो योगदान रहेको दावी गर्नुभएको हो।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर नयाँ नक्सा स्वीकृत गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया