Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागूऔषधसहित नौ जना पक्राउ

२९ मंसिर, काठमाडौं : देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्।

कैलाली, टिकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रमेश साउद र सोही नगरपालिका-१ बस्ने २७ वर्षीय पदम राज भण्डारी रहेका छन्। उनीहरूले लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाकाप्रहरी कार्यालय टोकापुरबाट खटिएको प्रहरीले साउदको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।

बर्दिया, बासगढी नगरपालिका-३ पुष्पनगरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २७ वर्षीय रबिन कुमार थारु र २५ वर्षीय सुरज कुमार चौधरी रहेका छन्। इलाकाप्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.१० प १९८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय प्रमोद थारुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्रामसहित सुनसरी दुहवी नगरपालिका-३ बस्ने ३३ वर्षीय राजन कुमार सरदारलाई बिहीबार बुलेकी प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सरदारलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-७ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५१ ग्रामसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय प्रकाश श्रेष्ठ, २३ वर्षीय अर्जुन लिम्बु र उनकै श्रीमती २७ वर्षीया मनिसा लिम्बु रहेका छन्। इलाकाप्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पशुहाटबाट बेलडागीतर्फ जाँदै गरेको को.१ ह ९७४५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा चालक श्रेष्ठ समेत उनीहरूलाई डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP