Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

नेकपा सरकारको बजेटप्रति नेकपाकै नेताको असन्तुष्टि

काठमाडौं । अत्यधिक बहुमतमा रहेको नेकपा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति नेकपाकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरुले सामान्यतः बजेटमा केही राम्रा कार्यक्रमहरु उल्लेख गरिएको भएपनि केही विषयमा सरकार चुकेको टिप्पणी गरेका छन् ।

पार्टीका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमा ऋण लिएर तलव खुवाउनु पर्ने अवस्था देखिनु देश ओरालो लागेको संकेत भएको बताउनुभयो ।

“ऋण लिएर लगानी गर्न सकिने भए ठिकै हुन्थ्यो, तर ऋण लिएर खर्च धान्नु पर्ने अवस्था आउनु अत्यन्त नराम्रो संकत हो,” नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषी धमलासंग कुरा गर्दै  उहाँले भन्नुभयो ।

देश भित्रको राजश्वले बार्षिक खर्च धान्न पनि गाह्रो हुने देखिएको र पाउने अपेक्षा गरिएको ऋण पाउन पनि धेरै गाह्रो रहेको पाण्डेको भनाई छ ।

एकातिर बैदेशिक ऋण र सहायत आउने संभावना कम छ भने अर्कोतिर पूँजिगत खर्च नहुने डर पनि उत्तिकै छ, यस्तो अवस्थामा विकास कम हुने र फजुुल खर्च नरोकिने देखिन्छ, उहाँले भन्नुभयो ।

कार्यान्वयनको पक्ष अति जटिल र चुनौतीपूर्ण रहेको र धेरै कार्यक्रम कार्यान्वयन नहुने उहाँले दावी गर्नुभयो । पूर्व अर्थमन्त्री पाण्डेले व्यवसायीले सोँचे अनुसारको बजेट नआएको पनि बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP