काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संबिधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । शनिबार कांग्रेसको केन्द्रिय कार्याल सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको प्रवत्ता बिश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
कांग्रेसले आफ्ना सांसदहरूलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।
संविधान संशोधनको पक्षमा उभिने यसअघि पदाधिकारी बैठककै बेला संकेत गरे पनि कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताउँदै आएको थियो।
सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया