Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत

कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। फेला परेकाे शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वली जानकारी दिए।

कपिलवस्तुमा नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको शव अवस्थामा शव फेला परेको थियो।

मृतक कुर्मी गत शनिबार साँझ देखि सम्पर्कविहीन थिए। नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको शवलाई मृतकका भाइले सनाखत गरेका थिए।

शरीरको केही भागमा जलेको अवस्थामा रहेको जिन्सको ज्याकेट, कपडा लगायतका कुरा आफ्नै छोराको रहेको मृतकका बुवा रामपतिले बताए।

शवलाई पोस्टमर्टमकालागि सोमबार बुटवल लगिएको थियो। प्रहरीले घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेकाे प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। घटनाका अभियुक्तलाई चाडै कानुनको दायरामा ल्याउने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP