Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विराटनगरको मनमा बस्यो ‘मनसरा’

विराटनगर : ‘मनसरा’ हेरिसकेपछि चललचित्रमा गुण्डा, हिरो र फाइट हुनैपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समय एउटा समाज बुझाउन सक्ने चलचित्र प्रदर्शनीमा ल्याउने जमर्कोमा कवि एवम् लेखक उपेन्द्र सुब्बा लागिपरेका छन् भन्ने महसुस हुन्छ।

लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ। बिहीबार विराटनगरस्थित भाटभटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागिता थियो।

जारीपछिको उत्कृष्ट कथा रहेको भन्दै प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रियासमेत पाएको छ। मिश्रित समाजलाई समेट्न खोजिएको यो चलचित्रले समाज बुझ्न थप प्रेरणा मिलेको समेत प्रतिक्रिया दिएका छन्।

चलचित्रमार्फत नेपालको कला संस्कृति लिम्बू परम्परालाई नजिकबाट जान्ने बुझ्ने अवसर मिलेको कान्तिपुर टेलिभिजनका व्युरो चिफ महाप्रसाद खतिवडा बताउँछन्। अर्को संचारकर्मी सुदीप कोइरालाले पनि चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए।

पूर्वराष्ट्रियसभा सदस्य एवम् साहित्यकार खेम नेपालीले मनसरा समाजलाई बुनेको कथा रहको बताए। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले चलचित्रमा खोट लगाउने कुनै ठाउँ नभएको प्रतिक्रिया दिए। भावना, सन्देश मिश्रित रहको उनको भनाइ थियो।

जारीले जसरी मन छोएको त्यसरी नै दोस्रोपटक मनसराको अर्गानिक कथाले मन छोएको अनलाइन खबरका पत्रकार हरि अधिकारी बताउँछन्। कवि शिवनारायण पण्ति सिंगलले प्रेम सम्बन्धलाई दर्शाउन खोजिएको र चलचित्रमार्फत दिन खोजिएको सन्देश धेरै राम्रो रहेको प्रतिक्रिया दिए।

यता, कवि सीमा आभासले चलचित्रको स्कृप्ट सशक्त रहेको प्रतिकृया दिइन्। उनले चलचित्र लेखकलाई सुझावसमेत दिएकी छिन्। मुटुरोगी भएको बालकको कथालाई थोरै ‘भेरिफाइ’ नगरेको जस्तो महसुस भएको उनले बताइन्।

‘नेपाली लेखकहरुको तथ्य भेरिफाई नगर्ने चलन छ, मुटु रोगीको उपचार नेपालमा नि:शुल्क हुन्छ, तर यसमा उपचारको लागि भनेर पैसा दिएको छ,‘ उनले भनिन्, ‘यो कथावस्तु अहिलेको भएकाले यसलाई भेरिफाई गर्नु जरुरी छ।’

चलचित्र मनसरामा दयाहाङ राई, मिरूना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायत कलाकारहरूको अभिनय रहेको छ। छायांकारसमेत रहेका शैलेन्द्र ध्वज कार्की फिल्मका निर्माता हुन्। त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता हुन रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

झुमा लिम्बूको संगीतमा रहेको यो चलचित्र मिश्रित समाजको कथालाई समेटिएको छ। यो फिल्म शुक्रबार अर्थात् आजदेखि देशैभरको हलमा प्रदर्शनीमा आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP