Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अन्योलमा परेको छ।

विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेश सभाको बैठक शनिबार अपराह्न साढे ५ बजेका लागि बोलाइए पनि सत्ता साझेदार नेकपा एमालेले असन्तुष्टिका कारण अन्योल भएको हो। आफूसँग छलफल नै नगरी विश्वासको मत लिने प्रक्रिया अघि बढाएको भन्दै सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै आएको छ।

यसअघि शुक्रबार अपराह्न ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन।

एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि बैठक स्थगित भएको हो। बझाङको उपनिर्वाचनबाट निर्वाचित आफ्ना उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने अडान राख्दै आएको छ।

एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले पार्टीका अध्यक्ष केपी ओलीसँग छलफल गरेर अघि बढ्ने भन्दै हतार नगर्न सुझाव दिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP