Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

राष्ट्रियतालाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती

काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन्।

मंगलवार राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन्।

उनले विभिन्न व्यक्तिले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको शुल्क तिर्न नसक्दासमेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरे। उनले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए।

उनले विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरीलगायतका कुराहरुसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताए।

उनले सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने पनि बताए।

‘एशियाका दुई शक्तिशाली राष्ट्रबीच रहेको नेपाल संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुक हो। अतः हाम्रो सन्दर्भमा राष्ट्रिय सुरक्षाको विषय धेरै पेचिलो भएकाले राजनीतिक तथा प्रशासनिक नेतृत्व तथा नीति निर्माण तहमा काम गर्ने प्रत्येक कर्मचारी, पदाधिकारीहरुले गम्भीरताका साथ बुझ्न र गहिरोसँग मनन गर्नको निम्ति आवश्यक छ‚’ उनले भने‚ ‘मुलुकको भूमि, स्वतन्त्रता, सार्वभौमसत्ता, सुरक्षा रक्षा मन्त्रालय वा नेपाली सेनाको मात्र विषय नभएर राज्यका सबै शक्ति र संगठनको साझा कर्तव्य हो। अहिले हाम्रो राष्ट्रिय सुरक्षाको विषय, राष्ट्रियताको विषय कमजोर भएको देखिन्छ।’

उनले देशको सम्पदाको महत्व बुझ्नुपर्ने बताए। प्राकृतिक स्रोत सम्पदाले धनी भएर पनि नेपाल गरिब हुनु आठौँ आश्चर्य भएको उनको टिप्पणी थियो। उनले प्राकृतिक स्रोत, सम्पदाको समुचित प्रयोग गर्न सके देश १० वर्षमा धनी बन्ने जिकिर पनि गरे।

‘राष्ट्रिय सुरक्षाको नीति तय गरेमा हाम्रो देश १० वर्षमा धनी बन्छ। राष्ट्रिय सुरक्षाको विषय आज पहिलाको इतिहासमा जस्तो घोडामा तरबार लिएर घुमाएर बोर्डरमा हिँड्ने मात्रै होइन‚’ उनले भने‚ ‘आज वातावरणसँग, भोकमरीसँग सम्बन्धित सबै कुराहरुमा अगाडि बढ्नु अपरिहार्य जस्तो देखिएको छ। सुरक्षाको सवालमा होल अफ द नेशनको अवधारणाले मात्रै काम गर्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP