Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छः पूर्वसभामुख ढुंगाना

काठमाडौं :पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताएका छन्।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान बचाउन नै चुनौती रहेको बताए। उनले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताए।

उनले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उनले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गरे। उनले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताए। उनले कम्युनिष्ट सरकारले श्रमिक, मजदुरको हितमा काम नगरेको जिकिर गरे। उनले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे।
पूर्वसभामुख ढुंगानाले अहिलेका तीन मुख्य दलहरू संविधानको रिभ्यु गर्न सामथ्र्य राख्ने नभएको जिकिर गरे। अहिलेको संविधानको विरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताए।

वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताए। उनले वर्तमान संविधान माओवादीहरूसँग तत्कालीन मुख्य पार्टीहरू एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताए। अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP