काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्ना भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।
कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रमुख दलका शीर्ष नेताहरूले सम्बाेधन गरेपछि संसद् अवरोधलाई निरन्तरता दिने कांग्रेसको तयारी छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया