काठमाडौँ : नेपाली कांग्रेसका सांसद् विमलेन्द्र निधिले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताएका छन्।
काठमाडौँमा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्ने कुरासँग आफू सहमत नरहेको बताए।
उनले संविधानमा संघीय, प्रदेश र स्थानीय तह एक अर्कासँग जोडिदिएकाले त्यसमा संशोधन गरेर नजोड्ने गरी अघि बढ्न जरुरी रहेको औँल्याए।
उनले सात वटै प्रदेशलाई प्रहरी संगठन दिनुपर्ने र कर्मचारी संगठन दिनुपर्ने आवश्यकता रहेको पनि बताए।
निर्वाचन प्रणालीमा संघको पहिला निर्वाचन गर्नुपर्ने त्यसपछि क्रमशः प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्ने उनले बताए। उनले यसले राजनीतिक स्थिरता दिने पनि उल्लेख गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया