दुर्गा प्रसाद काफ्ले, चन्द्रौटा कपिलवस्तु
२९ बैशाख ।
नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुकाे अध्यक्षमा बाबुराम खनाल बिजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै दशौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन। खनालले शर्मालाई २४मतान्तरले पछि पार्दै विजयी भएका हुन ।खनालले २७८मत प्राप्त गर्दा उनका प्रतिशप्रधि शर्माले २५३ मत मात्र ल्याउन सफल भएका थिए।
उपाध्यक्षमा भेषराज पाण्डेलाई पराजित गर्दै शंकर पाण्डे विजयी भएका छन् । पाण्डेले ३१२मत प्राप्त गर्दा भेषराजले २०१मत मात्र प्राप्त गरेका थिए। त्यसै गरि सचिवमा चन्द्रबहादुर (सिवि)गहतराज ३०४मतका साथ विजयी भएका छन् । गहतराजका प्रतिशप्रर्धी विश्व कार्की २१२ मत मात्र ल्याउन सफल भएका थिए। भने उपसचिवमा देवीबहादुर पाेख्रेल र सुशीला दर्लामी विजयी भएका छन् ।
त्यस्तै सदस्यहौमा देवी बेल्बासे विष्णु गिरी,पुर्णचन्द्र परियार ,उमानाथ पौडेल ,गिता भुसाल,गंगा कुमारी भट्टराई ,शान्ता पाण्डे ,प्रताप गिरी मुक्त बहादुर कार्की पितम्ब, खनाल युवराज पाेख्रेल,सुन्दर पाण्डे ,ठानेश्वर अधिकारी ,दयाराम पौडेल, शारदा खनाल लगाएत १२०सदस्यीय जिल्ला कमिटी चयन भएको केन्द्रीय नेता खिमलाल भट्टराई ले जानकारी दिए दिदै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना समेत दिएको जिल्ला कमिटीको कार्यालयले जानकारी दिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया