Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विदेश पढ्न जाँदा ९ महिनामा झन्डै १ खर्ब रुपैयाँ बाहिरियाे

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म सेवा खाताअन्तर्गत १० महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ४० प्रतिशतले बढेर ६० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

विदेशीले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै डेढ खर्ब रुपैयाँ पुगेको छ । १० महिनामा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ४२ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

यस्तै चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ ।

२०८० साल असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गएकाे चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP