Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

न्युरोडमा फुटपाथ बनाउन नपाएपछि ओलीसँग आक्रोशित बालेन, भन्छन्- जेल जान तयार भएर बस्नू

काठमाडौं : न्युरोडमा आफूले भत्काएको फुटपाथ सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखेका छन्।

उनले ओलीमाथि आक्रोश मात्र पोखेनन्, पहिले पनि विभिन्न कर्तुत गरेर जेल परेको भन्दै फेरि जेल जान तयार हुन चेतावनी दिए। बालेनले ‘१० हजार करोड रुपैयाँको काण्ड लुकाउन’ आफ्नो काममा अवरोध पुर्‍याएको भन्नसमेत भ्याए।

उनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओली संलग्न रहेको भन्दै उनले उनले बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भनेका छन्।

‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ’, उनले फेसबुमा लेखेका छन् ‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’

‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला’, उनले फेसबुकमा लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो।’

न्युरोडमा बालेनले फुटपाथका लागि सडक भत्काएपछि क्षेत्राधिकार मिचेर सडक नभत्काउन सडक विभागले चेतावनी दिएको थियो। त्यसपछि काठमाडौं महानगरका मेयर साह लगातार एमाले अध्यक्ष ओलीसँग आक्रोशित हुँदै आएका छन्।

स्वतन्त्रबाट मेयर बनेका बालेन साह निर्वाचित हुनेबित्तिकै ओलीकै आशीर्वाद लिन बालकोट पुगेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP