Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी

तुलसी सापकोटा / सरिता खनाल२१ जेष्ठ, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहेको छ ।

बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले करको भार नथपी करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताउनुभयो ।

उहाँले गैरकानुनी कारोवारहरुलाई बन्द गर्न सकियो भने सोचे भन्दा धेरै राजस्व बढाउन सकिने, गाजा खेतीलाई औषधीजन्य वस्तुका रुपमा विकास र जडीबुटी उत्पादनमा जोड दिएर अर्थ उपार्जन गर्न सकिने बताउनुभयो ।

नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट कार्यान्वयनमा जान सक्छ की सक्दैन भन्ने कुराले बजेट कति प्रभावकारी छ भन्ने देखाउने भन्दै बजेटले राखेका लक्ष्य र उद्देश्य पुरा हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले ठूला र महत्वपूर्ण आयोजनाहरू पुरा गर्ने तर्फ बजेटले जोड दिनुपर्ने, कृषि, महिला बालबालिका लगायतका क्षेत्रको बजेट घटाउन नहुनेमा सुझाव समेत दिनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले नेपाली जनताको तीव्र विकासको आकाङ्क्षा र चाहना पुरा गर्ने गरी आएको बजेट यर्थापरक, सन्तुलित र व्यवहारिक रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बजेट आकर्षक भएपनि कार्यान्वयन भएन भने त्यसको औचित्य नहुने भन्दै बजेटलाई आर्थिक अनुशासनमा राखेर कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लामा असारमा आएको बजेटले काम गर्न नसकिने भएकाले हिमाली जिल्लाका लागि समयको छुट्टै व्यवस्था गर्न माग गर्नुभयो ।

छलफलमा सांसदहरु शेरबहादुर कुवर, विरेन्द्र प्रसाद महतो, प्रकाश अधिकारी, लालवीर चौधरीलगायतले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP