Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

मुख्‍यमन्त्री पाण्डेले मागे विश्वासको मत, फ्लोरक्रसको सम्भावना कति?

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन्।

मुख्यमन्त्री पाण्डेले आज बसेको प्रदेशसभा बैठकमा संवैधानिक व्‍यवस्थाअनुसार आफूले विश्वासको मत लिनुपर्ने भएकाले उक्त विश्वासको मत लिन लागेको बताए।

पाण्डेले आफू नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको र उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको पनि उनले बताए।

संविधानको रक्षा र प्रदेश संरचनाको रक्षा आफूहरू सबैको जिम्मेवारी रहेको पनि उनले बताए। असार १ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने दायित्व पनि सरकारको रहेको हुनाले आफूले विश्वासको मत लिएर उक्त काम गर्न लागेको पनि उनले बताए। सरकारलाई स्थायित्व बनाउन र जनताको चाहना पूरा गर्नका लागि पनि आफूलाई विश्वासको मत दिन उनले सबै सांसदहरूलाई अनुरोध समेत गरे।

गण्डकीका प्रदेशका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ। तर, कांग्रेससँग २७ सिट मात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भए पनि बहुमत पुग्ने देखिँदैन। गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आशा गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP