Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

चीन यात्राबारेको संस्मरण पुस्तक सार्वजनिक

काठमाडौं : सरोकारवालाले नेपाल र चीनबीच राजनीतिक मात्र नभई सामाजिक सम्बन्धसमेत घनिष्ट हुँदै गएको बताएका छन्।

काठमाडौंमा आयोजित ‘चिनिया विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिला विज्ञ एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुवै देश एक अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेको धारणा राखे।

‘फेण्ड्स अन क्लाउड पल्टफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष सोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिदै जाने र यसले एक अर्काको भौगोलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे।

चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा फ्रेण्ड्स अन क्लाउड प्लेटफर्म अफ इन्फ्लुइन्स नेपालले गरेको कार्यक्रममा ‘नेपालीहरूको आँखामा चिनिया आधुनिकीकरण अभ्यास–यात्रा अनुभूति सँगालो’ नामक पुस्तक पनि विमोचन गरियो।

आईडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीको टोलीले हालै चीनयात्रा अवधिभर भोगेका विषय पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपाल–चीन सम्बन्ध र आफ्नो अनुभवबारे जानकारी गराए। वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि विगतको चीन भ्रमणको स्मरण गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP