Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

मेलम्चीको पानी पथान्तरणमा कुनै व्यवधान हुँदैन : मेयर तामाङ

काठमाडौं : मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन्।

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानि तथा नोक्शानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची—हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने आपत्ति जनाए।

उनले मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै उनले संघ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेको बताए। उनले मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको गुनासो गरे।

उनले मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै आयोजनाले स्थानीयहरुले राहत पाउनुका साथै विकास निर्माणमा ठूलो टेवा पुगेको बताए।

उनले स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘मेलम्ची र हेलम्बुमा २०७८ साल असार १ गते बाढी पहिरो गयो, जसबाट ठूलो जनधनको क्षति हुन पुग्यो। त्यसको तथ्यांक हामीले अघि नै मेलम्ची नगरपालिकाको तर्फबाट जानकारी गराइसकेका छौँ। अब मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर हामी जानुपर्छ। भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठूलो सहयोग पुग्नेछ। हाम्रो तर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन।’

कार्यक्रममा बोल्दै विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरामा जोड दिनुपर्ने बताए। उनले मेलम्ची खानेपानि परियोजनाले कुनै पनि हानि नगरेको भए परियोजनालाई थप व्यवस्थित बनाएर लैजानुपर्ने बताए।

उनले बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरुले पाउने कुरामा ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP