Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

नारद कोहार
तौलिहवा (कपिलवस्तु), कात्तिक १२ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बुद्धभुमि नगरपालिका–६ महुवाका ३० वर्षीय रामप्रसाद कोरी रहेको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । कोरीलाई बुद्धभुमि नगरपालिका ६ महुवाबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । कर्तव्य ज्यान मुद्दाका कोरीलाई कपिलवस्तु जिल्ला अदालतले २०८० जेठ १ गते २० वर्ष कैद फैसला सुनाएको थियो ।

राम प्रसाद र सुख्खन कोरीले २०६९ चैत १० गते साबिक महुवा गाविस वडा नं. ४ हाल बुद्धभुमि नगरपालिका ६ लक्ष्मीपुरकी २५ वर्षीय मान्ती कोरीलाई लाठी तथा धारिलो हतियारले घाटी तथा गर्धनको भागमा प्रहार गरी कर्तव्य गरी मारी फरार रहेको प्रहरीले जनाएको छ ।

सुख्खनलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो । पक्राउ परेका राम प्रसादलाई आजै नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP