Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जुवातासमा प्रहरीको सेटिङ कि राजनीतिक दबाब?

 

विराटनगर : पछिल्लो समय कोशी प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले जुवा खेल्ने समूहलाई पक्राउ गरिरहेका छन्। तर, पनि खेल्ने र खेलाउने क्रम रोकिएको छैन। भदौ ३० गते मोरङको ग्रामथान गाँउपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारुसहित ९ जना जुवाडे पक्राउ परे। १८ लाख ५१ हजार रुपैयाँसहित पक्राउ परेका उनीहरु ९ दिनपछि छुटेका थिए।

पक्राउ परेका पूर्वअध्यक्षसहित ९ जना जुवाडेलाई छुटाउन एमालेका नेतादेखि कोशी प्रदेशका मन्त्रीसमेत लागेको स्रोतले जनाएको छ। आगामी उपनिर्वाचनका लागि एमालेबाट पक्का उम्मेदवार रहेका उनले यसैका कारण पार्टीबाट टिकट पाएनन्।

यसको लगत्तै तिहारको मौका पारेर विराटनगरको संगम पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गर्‍यो।

पाटी प्यालेस बुकिङ गरेर जुवा खेलिरहेको अवस्थामा कात्तिक १६ गते शुक्रबार राति पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले १० लाख ६ हजार ११५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको थियो।

पक्राउ पर्नेमा ६१ वर्षिय राजन कँडेल, ४१ वर्षिय टुनटुन, शर्मा , ५७ वर्षिय पशुपति भगत, ४७ वर्षिय सुरेन्द्र ठाकुर, ५० वर्षका विरेन्द्र साह र पाटी प्यालेस सञ्चालक ५१ वर्षका पदम श्रेष्ठ , ध्रुव सिग्दे, मनिसराज प्रसाई , बाबुराम कटेल र लिला सहनी थिए।

तर, उनीहरु पक्राउ परेको दुई दिनमा हाजिर जमानीमा छुटेका थिए। जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुलाई म्याद थप गरी मुद्धा चलाउनुपर्ने हो। तर, प्रहरीकै सेटिङमा जुवा खेलाउँदै आएको भन्ने पनि आरोप छ।

त्यसो त उनीहरुलाई छुटाउन राजनीतिक दलका नेताहरु समेत लागेका थिए। भने, पशुपति भगत व्यापारी हुन्। उनलाई छुटाउनका निम्ति मोरङका सिडियो समेत लागि परेको स्रोतले जनाएको छ।

उता, कात्तिक १८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका –३ नडाहस्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परे। जुवाको खालबाट २१ थान मोबाइल, पनि बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ। यसको लगत्तै इलाका प्रहरी कार्यालय दमक झापाले १८ जना जुवाडेलाई पक्राउ गरेको छ।

कात्तिक २२ गते पक्राउ परेको उनीहरु व्यवसायिक जुवाडे भएको समेत खुलेको छ। जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ५४ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ। उनीहरुलाई छुटाउन चार तिरबाट दबाब सिर्जना गरिरहेको एकजना प्रहरीका अनुसन्धान अधिकृतले जानकारी दिए।

त्यसो त दैनिक जस्तो प्रहरीले जुवाको खालबाट नदगसहित जुवाडेहरु पक्राउ गरेको भए पनि प्रहरीकै सेटिङमा जुवा खेलाउँदै आइरहेको र समाज, परिवारको दबाबले प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको जस्तो गरिरहेको आरोपसमेत छ। तर, जुवा खालबाट पक्राउ परेकाहरुलाई छुटाउनु केही मिनेटमा राजनीतिक दलहरुको दबाब प्रहरीले खेप्नुपरेको केही प्रहरी अधिकृतहरुको गुनासो नभएको पनि होइन।

यद्यपि पक्राउ गर्ने र पक्रेको केही दिनमै छोड्ने प्रवृत्तिले प्रहरीमाथि नै जुवाडेसँग रकम असुलीको आरोप लाग्न थालेको छ। यता, यो विषयमा प्रश्न गर्दा कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्र कुबेर खापुङले व्यवसायिक रुपमा जुवातास खेल्ने खेलाउने कार्य रोक्न प्रहरी कानून बमोजिमको कार्वाहीमा प्रतिवद्ध रहेको दाबी गर्छन्।

जुवाताससम्बन्धी के छ कानुनी व्यवस्था?

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जबिानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना तोकिएको छ। दोस्रोपटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP