Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जुवा तास खेलिरहेका सातजना पोखराबाट पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका–१६ अमरदीपबाट सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गौमाया गुरुङले आफ्नै घर कोठाभित्र जुवा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक लाख बाह्र हजार नब्बे रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा पोखरा महानगरपालिका–१६ दिपका ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षिया गौमाया गुरुङ, ३८ वर्षिया जुनिता भट्टचन, वडा नं ८ सिमलचौरका ६४ वर्षीय गौमान गुरुङ, ४८ बर्षिया रुपा गुरुङ, वडा नं १३ पाटनबेशीका ४० वर्षीय हेमराज गुरुङ र वडा नं २७ अर्घौचोकका ४६ वर्षीय बुद्धि बहादुर गुरुङ रहेका छन्।

हारजित हुनेगरी जुवा तास खेलिरहेका उनीहरूलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP