काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्धन नेपाली राजदूतहरूले अग्रसरता लिनुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरूसँग आयोजना गरेको अन्तरसंवादमा यस्तो बताएका हुन्। उनले राजदूतहरूलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्धन महासंघले सहयोग गर्ने बताए। उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए।
उनले महासंघको संयन्त्रलाई भरपूर उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न राजदूतहरूलाई आग्रह गरे। उनले राजदूतहरूले वैदेशिक लगानी भित्र्याउन अग्रसरता लिइदिनुपर्ने बताए। उनले नेपालमा लगानीको वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै नवनियुक्त राजदूतहरूले आर्थिक कूटनीतिलाई कार्यसम्पादनको मानकका रूपमा मानेर काम गर्नुपर्ने बताए।
उनले महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरसँग सहकार्य गरिरहेको बताए। उनले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा राखे।
अध्यक्ष ढकालले भने,‘नेपालको आर्थिक कूटनीति धेरै मुलुकको प्राथमिकतामा परेको छ। धेरै देशमा राजदूत र महावाणिज्यदूतहरूको काम त्यो मुलुकबाट निर्यात गर्नुपर्ने वा आयात गर्नुपर्ने, उद्योगमा लगानी ल्याउनुपर्ने वा वैदेशिक व्यापार प्रवर्धनको काम गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यही अनुसार मूल्याङ्कन गर्ने गरेको छ।’
नेपालले सामना गरिरहेको आर्थिक चुनौतीको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए। ढकालले पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रुपैयाँमा सीमित भएको बताए। उनले नेपालमा लगानीकर्ता आकर्षित गर्न सकिने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया