Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कास्की प्रहरीद्वारा एक महिनामा ४८ जना फरार प्रतिवादी पक्राउ

 

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले गत कार्तिक महिनामा ४८ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कार्तिक एक गतेदेखि ३० गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कास्की जिल्ला अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ३६ जना पुरुष र १२ जना महिला गरी ४८ जनालाई पक्राउ गरिएको हो। पक्राउ गरिएकाहरूलाई फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएको छ।

पक्राउ परेकाहरूमा चेक अनादर मुद्दामा ३५ जना, लागू औषध मुद्दामा पाँच जना, अभद्र व्यवहार मुद्दामा एक जना, आपराधिक उपद्रव मुद्दामा एक जना, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा एक जना, बैङ्किङ कसुर मुद्दामा चार जना र लेनदेन बिगो मुद्दामा एक जना रहेका छन्।

उनीहरूबाट एक वर्ष छ महिना छ दिन कैद सजाय र एक करोड दुई लाख एक हजार पाँच सय रुपैयाँ जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP