Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

 

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन्

सुनसरी, धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय ट्याब्लेट र ट्रामाडोल ३ सय ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-१२ बस्ने २२ वर्षीय दिपसन राई समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र आईपीपीएल १ सय ५० एम्पुल सहित नवलपरासी पश्चिम पाल्दिनन्दन गाउँपालिका-३ बेलपुर बस्ने २१ वर्षीय अनिल प्रसाद गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ५४२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

धनकुटा, छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तेह्रथुम, लालीगुराँस नगरपालिका-२ बसन्तपुर बस्ने ३२ वर्षीय विकाश श्रेष्ठ, मेन्छयायेम गाउँपालिका-६ थाम्वेन बस्ने २६ वर्षीय राजिव सम्वहाम्फे, धनकुटा, धनकुटा नगरपालिका-१ हिले सिरान बस्ने २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङ रहेका छन्। प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको को.२६ प ९२९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार विकाश र राजिवलाई करिब २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको थियो। साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ केवल र सुजनबाट खरिद गरेको खुल्न आएपछि प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले केवल र सुजनलाई समेत करिब ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बारा, पचरौता नगरपालिका-४ इनर्वाटोलबाट लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही टोल बस्ने ४७ वर्षीय राम सेवक प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट ‍खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-६ पूर्व बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ९० ट्याब्लेट र ट्रमानिल २ सय ९० ट्याब्लेट सहित दमक नगरपालिका-८ बस्ने २२ वर्षीय नरेश खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८३ ट्याब्लेट र डिभोक्सिन २४ ट्याब्लेट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमौली बस्ने २५ वर्षीय बिजय घिसिङ, सोही नगरपालिका-६ लोथर बस्ने २७ वर्षीय कुल बहादुर थिङ र चितवन राप्ती नगरपालिका-१ बस्ने २६ वर्षीय राजेश थापामगर रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २० वर्षीय सुवाष थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP