Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

 

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्।

सुनसरी, धरान उपमहानगरपालिका-२० चिमफुले खोलाबाट लागूऔषध गाँजा २ सय २५ किलोग्राम सहित धनकुटा साँगुरीगढी नगरपालिका-९ घर भएका ४३ वर्षीय हरि कुमार राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटो हुँदै आउँदै गरेका भरियाहरूलाई जाँच गर्न खोज्दा उनीहरूले बोकेको बोरा फालेर भाग्ने क्रममा उनीहरूमध्ये हरि कुमारलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो। हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ४१ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने २७ वर्षीय सुनिल मोक्तान र मकवानपुर भीमफेदी गाउँपालिका-३ बस्ने २० वर्षीय हर्क रूम्बा रहेका छन्। इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र ०३-००३ प ३१२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, बैजनाथ गाउँपालिका-१ रत्नराजमार्गबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित दैलेख दुल्लु नगरपालिका-१० बस्ने २५ वर्षीय शिव शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही गाउँपालिका-१ बस्ने २१ वर्षीय याम बहादुर बुढासँग किनेको खुल्न आएपश्चात उनको घर तलासी गर्दा लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

कैलाली, घोडाघोडी नगरपालिका-१ शान्तिनगर बस्ने ३१ वर्षीय मिन बहादुर बुढामगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-१९ लक्ष्मी चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय तिलक लामा र २४ वर्षीय सुनिल गुरूङ रहेका छन्। इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ना.३७ प ४६७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर धर्मपथबाट लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाल्पा रम्भादेवी गाउँपालिका-३ हुमिन घर भएका ३५ वर्षीय गणेश कवर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP