Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

 

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्।

झापा, मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू राई र २० वर्षीया सुजता राई रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, गौरीगंज गाउँपालिका-३ दन्तकाली चोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ३० मिलिग्राम सहित कमल गाउँपालिका-६ खैरबारी बस्ने २९ वर्षीय हरि चन्द्र कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले मे.५ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१६ बैंक रोडबाट नियन्त्रित लागुऔषध लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल र डाईजेपाम १२ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-५ बस्ने २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझी रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने २९ वर्षीय हरी नेपालीलाई लागुऔषध गाँजा २ किलो ६ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। सिआरभि चिप्लेढुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

भोजपुर, भोजपुर नगरपालिका-१२ कोटडाँडा बस्ने २२ वर्षीय संजिव श्रेष्ठलाई नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ८२ ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३८ वर्षीय बिजय कालुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ज ०६९२ नम्बरको ईभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

नवलपरासी पश्‍चिम, सरावल गाउँपालिका-६ कुर्थावलस्थित सडकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५ हजार २० ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-१ रामपुरवा बस्ने २७ वर्षीय हृदेश चमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एएच ८८७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बानियाभार र इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।    थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP