Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘प्रधानमन्त्री ओलीको राजीनामा मागेर मात्र हुँदैन, हटाउनै पर्छ’

काठमाडौँ । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भनाई र व्यवहारले देशलाई द्वन्द्धमा धकेल्ने काम गरेको भन्दै राजीनामा मागेर मात्रै नपुग्ने बताएका छन् । पछिल्लो पटक पार्टी बैठकबाटै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने आवाज उठिरहेका बेला नागरिक अगुवाहरुले पनि राजीनामा मागेर मात्रै अव नहुने र पदबाट हटाउनै पर्ने बताएका हुन ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्रीको राजीनामको माग मात्रै गरेर नहुने र हटाउनै पर्ने अवस्था आएको दावी गर्नुभयो । उहाँले नागरिक समाजका रुपमा पुराना व्यक्तिहरु नयाँ युवा पंक्ति सडकमा आएकाले प्रधानमन्त्रीलाई अब हटाउन ढिला भइसकेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीका विषयमा सत्तारुढ नेकपाले सोच्ने समय आइसकेको भन्दै जारी स्थायी कमिटीबाट हुन्छ वा केन्द्रीय कमिटीले नै बोलाएर भएपनि हटाउनुपर्ने र नहटाए देश चाँडै द्वन्द्धको मुखमा पुग्ने दावी गर्नुभयो । ओलीलाई भारतले नभएर नेपाली जनतालेनै हटाउन खोजेको दिक्षितको भनाइछ ।

उहाँले भन्नुभयो,‘ओलीको बुद्धी नै भ्रष्ट भइसकेको छ । उहाँले षडयन्त्र भन्दा अरु केहि गर्न सक्नुभएन । नेकपाले कसरी हटाउने हो तर, हटाउनुपर्छ । भारतसँगको सम्बन्ध विगारी सकेर युद्धको अवस्थामा पुर्याए । सम्बन्ध खराव भयो । एउटा भारतीय कर्मचारीले होटलमा गएर कुरा गर्दा ओलीको कुर्ची हल्लीयो ।एउटा सार्वभौम देशकोप्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको कुरा यसरी गर्न मिल्दैन । उनिसँग अब भारतले कुरा गर्दैन ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP