Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

ओलीबाट अब देश चल्दैन,सरकार पूर्ण रुपले असफल भइसक्योः यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका शीर्ष नेता महेन्द्रराय यादवले सरकारको नेतृत्व पूर्णरुपले असफल भइसकेकाले सत्तारुढ दल नेकपाले यो विषयमा तत्कालै निर्णय गर्न आवस्यक भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीकै कम्जोरीका कारण नेपालको छाविमाथि नै प्रश्न उठिसकेको दावी गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै यादवले आफु असफल हुदै गएपछि भारतलाई सत्रु देख्न थालेको र भारतसँगको पुरानो सम्बन्ध शुन्यमा पुर्याएको भन्दै यस्ता असफल प्रधानमन्त्रीलाई सत्तामा राखिरहनुको औचित्य सकिएको दावी गर्नुभयो । देश चलाउन नसक्ने प्रधानमन्त्रीको जनतालेनै राजीनामा मागिसकेकाले यो विषयमा नेकपा गम्भिर बन्नुपर्ने अवस्था आएको उहाँको धारणा छ ।

एकै समुदायको जनतामाथि समेत ओलीबाट भेद्भाव भएको भन्दै नेता यादवले भारतसँग सम्बन्ध बढाएर वार्ता अगाडी बढाउनुपर्ने ठाउँमा उल्टै आफुलाई हटाउन भारतले षडयन्त्र गरिरहेको छ भन्नुले प्रधानमन्त्रीको दिमागले काम गरिरहेको छैन भन्नेकुरा देखाएको टिप्पणी गर्नुभयो ।

नागरिकता विधेयकले मेधेशको अपमान गरेको भन्दै यादवले भन्नुभयो,‘ नागरिकता विधेयक मेधशी जनता विरुद्ध गएको छ । यो त्रुटि भयो । सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने कुरा मान्य छैन । संविधानसभाको चुनावमा मधेशी जनतालाई सहभागि गराउनका लागि सवै दलले सहमति गरेर २०६३ को संविधान बनाएको हो । हामीले विधेयक खारेज गर्नुपर्छ भनेको छैनौ । सच्याउनु पर्छ भनेको हो ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP