Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘हट्ने होइन डटी लड्ने’ रणनीतिमा ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति संघर्ष सुरु भएको छ । यसअघि तीनलाईन शक्ति संघर्ष देखिएको नेकपामा अहिले दुईलाइनमा खुम्चिएको छ । झण्डै दुईतिहाईका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै कमजोर देखिनु भएको छ ।

तर, कमजोर देखिएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल समुहले मागेको राजीनामा सहजै स्वीकार गर्ने पक्षमा उहाँ देखिनुहुन्न ।

पहिलो रणनीति यसअघि जस्तै अध्यक्ष प्रचण्डसँग मिलेर जाने देखिन्छ । त्यो उपाय काम नलागे बहुमतमा लागि प्रयास हुनेछ । त्यसमा पनि सफल नभए अरु बाटोहरु खोज्नेमा प्रधानमन्त्री ओलीको रणनीति छ ।

संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने, अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार नछाड्ने विकल्प आउनेसक्ने भित्र बहस भइरहेका छन् ।

निकटस्थका अनुसार तर ओली प्रचण्ड सके गलाउने नभए फकाउने, संसदीय दलमा बहुमत कायम राख्ने दुईवटा रणनीतिलाई पहिलो प्रयोग गर्ने मनस्थितमा हुनुहुन्छ । अरु विकल्व पछि आउन सक्ने ओली निटकका एक नेताले बताउनुभयो ।

नौ सदस्यीय सचिवालयका ६ र ४४ सदस्यीय स्थायी कमिटीका ३० सदस्यले ओलीको राजीनामा माग्ने सहमति गरेका छन् ।

सिद्धान्त अनुसार बहुमत सदस्यले एकमत गरेको विषयमा पार्टी नेतृत्व जान तयार हुनुपर्छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालय र स्थायी कमिटीका बहुमत नेताले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने निष्कर्ष निकालीसकेका छन् ।

राजीनामा दिन माग आएपनि प्रधानमन्त्री ओली राजीनामा दिन तयार नभएको उहाँको मन्त्रिपरिषद्का सदस्य लेखराज भट्टले जानकारी दिनुभयो । ‘राजीनामा माग्न सकैले सक्छन तर माग्दैमा दिनुपर्छ भन्ने छैन ’ उहाँले भन्नुभयो, ‘राजीनामा समस्याको समाधान होइन। एक ठाउँमा बसेर सम्वाद गरेर सहमतिबाट निकास खोज्नुपर्छ । ’

नेकपाको अन्तरिम विधानमा एकता महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिमा पार्टी सञ्चालन हुने व्यवस्था छ । तर, सहमति नभए बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP