Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

२०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु

 

काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो।

उनकाअनुसार २०८०/०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो। आ.व. २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन्।

सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ। त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ।

कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन्। सवारी दुर्घटनाको स्थिति भयावह रहेको प्रहरी महानिरीक्षक थापाले बताए। झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको र यो मधेस प्रदेशमा बढी रहेको बताए। आ.व. २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको बताए।

महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए। एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताए। २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेको बताए। नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP