Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एमाले विभाजन गर्नु नै ठूलो गल्ती भयो : झलनाथ खनाल

 

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गल्ती गरिएको बताएका छन्।

इमेज च्यानलमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउँदा त्यसको औचित्य पुष्टि गर्न नसकिएको बताएका हुन्।

उनले एमालेमा पार्टी बनाउँदा रगत, पसिना बगाएको हुँदा अहिले पनि माया रहेको बताएका छन्।

उनले भने, ‘नेकपा एमालेप्रति अनुराग छ, माया छ। त्यो पार्टी बनाइयो। लडाइँ गरियो। जेल नेल खाइयो। अनि माया हुँदैन’

‘ओली होइनन्, म व्यक्तिको पक्षमा जान्न। तर, नेकपा एमाले भनेको एउटा संस्था हो, जो कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो। त्यो संस्थालाई त्यति बेला छाडेर विद्रोह गर्ने कुरा चाहिँ गलत थियो,’ खनालले थपे।

उनले आफ्ना अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई एकलौटी ढंगले चलाएको समेत आरोप लगाएका छन्। ‘दलका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ। यो पार्टी व्यक्तिको बपौति होइन,’ खनालले भने। उनले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने बेला नेपालसँग आधारभूत कुरा मिले पनि अहिले मुलतः सिद्धान्तको कुरामा विमति रहेको बताएका छन्।

आफूले वैज्ञानिक समाजवादको कुरा गरे पनि नेपालले जनताको बहुदलीय जनवाद नछोडेकाले समस्या उत्पन्न भएको उनले बताए। तर, हाल नेपालको कार्यशैली एकलौटी गर्ने खालको भएको हुँदा पार्टीका महत्त्वपूर्ण बैठक र निर्णयमा आफूलाई सहभागी नगराइएको गुनासो गरेका छन्। उनले पछिल्लो समाजवादी मोर्चाको बैठक आफ्नै पार्टी कार्यालयमा हुँदा पनि खबर नगरिएको बताएका छन्। बैठकमा वामदेव गौतमलाई बोलाइए पनि आफूलाई नबोलाइएकोमा खनालको आक्रोश थियो।

उनले नेकपा एस अहिले कुनै पनि दल वा मोर्चासँग एकता गर्ने अवस्थामा नभएको समेत बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताका पहल भइरहेको भन्ने कुरा मिडियाबाट मात्रै थाहा पाइरहेको भन्दै उनले पार्टी कमिटिमा कुनै छलफल नै नभएको बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP