काठमाडौं । संसदको बजेट अधिवेशन बिहीबार (आज)बाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अत्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रिपति भण्डारीले चालु अधिवेशन आजबाट अन्य भएको अन्य भएको घोषणा गर्नुभएको हो । उहाँले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्य भएको घोषणा गर्नुभएको छ ।
यसअघि आजै बसेको मन्त्रीपरिषद् बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहम्फेले नागरिकता लगायतका कतिपय विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले आजै संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाउनुभएको थियो ।
मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता समेत गर्नुभएको थियो । वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । तर सत्तारुढ नेकपामा प्रधानन्त्री ओलीको राजीनामा माग भएसँगै अचानक संसद अधिवेशन अन्त्य भएको हो ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया