Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बालुवाटारको विवादमा शीतल निवास तानिदै, राष्ट्रपतिलाई भेटेर फर्किए प्रचण्ड



काठमाडौं । प्रधानमन्त्रीको कुर्सी राजनीतिसँग चर्किएको नेकपाको बहसमा शीतल निवासलाई सक्रिय पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग छलफल गरिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छलफल गर्नु भएको छ ।


बालुवाटारमा स्थायी कमिटीको बैठक चलिरहेकै बेला सदस्यहरुलाई कुराएर शीतल निवास पुग्नु भएका पुग्नुभएका प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किनु भएको छ ।शीतलन निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा कुराकानी भएको छ ।

प्रधानमन्त्रीले संसद अधिवेसन अन्त्य गरेर राष्ट्रपतिसँग भेटेपछिको सन्दर्भलाइ जोडेर भावी राजनीतिक र संवैधानिक घटनाक्रमका विषयमा छलफल भएको आकलन गरिएको छ । तर के विषयमा कुराकानी भयो खुलाइएको छैन । संसद् अधिवेशन अन्त्य गर्ने सरकारको हतारको निर्णयप्रति नेकपामा प्रचण्डसहितको खेमा असन्तुष्ट छ ।

त्यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुग्नुभएको थियो ।

नेकपा भित्र विवाद् बढ्दै गएका बेला दुई अध्यक्ष छुट्टा- छुट्टै शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ । प्रचण्ड राष्ट्रपतिलाई भेटेर फर्केपछि फेरि बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको छ । नेकपाको सचिवालय र स्थायी समितिमा रक्षात्मक बन्नुभएका अध्यक्ष एवं प्रधानमन्त्री ओली आफ्नो बचाउको रणनीतिमा लाग्नु भएको छ ।

अर्का अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहितको विरोधी खेमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट जसरी पनि हटाउने रणनीतिमा छ । दुइ खेमाको रणनीतिमा राष्ट्रपतिसँग श्रृखलाबद्ध छलफल भइरहेको छन ।


यसको अर्थ के हुनसक्छ सीआईएनको साढे ७ बजेको साझा खबरमा सुन्न सक्नुहुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP