Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साझा यातायातका चालक तथा सहचालकलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम

 

काठमाडौँ : साझा यातायातका चालक तथा सहचालकलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम दिइएको छ।

दैनिक यातायात सञ्चालनको क्रममा आकास्मिक रूपमा आइपर्ने दुर्घटना/चोटपटकको क्रममा घाइतेलाई कस्तो खालको प्राथमिक उपचार गर्ने र कस्ता सावधानी अपनाउने बारे ट्रमा लाइफ सपोर्ट तालिम दिइएको हो।

कुपन्डोलस्थित आरुष लाइफस्टाइलले न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातमा कार्यरत करिब ६० जना चालक र सहचालकलाई अस्पतालका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरु डा. भास्करराज पन्त, डा सन्दीप भण्डारी र डा गौरववीर बज्राचार्यले सवारी साधन चलाउँदा हुने सम्भावित चोटपटकको प्रकार र त्यस्तो बेला गर्नुपर्ने प्राथमिक उपचारको बारेमा जानकारी गराएका थिए।

अस्पतालका सिइओ तथा मधुमेह रोग विशेषज्ञ डा सन्तोष शाक्यले निजी तथा सार्वजनिक सवारी सञ्चालनको समयमा हुने चोटपटक मात्रै नभएर आजभोलि धेरैलाई मधुमेह हुने र त्यस्ता विरामीलाई सार्वजनिक यातायातमा हिँड्ने वेला आकस्मिक रूपमा देखिने स्वास्थ्य समस्या र त्यस्तो वेला कस्ता प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बारेमा समेत जानकारी गराएका थिए।

डा शाक्यले त्यस अवसरमा भनेका थिए‚ ‘सवारी दुर्घटनापछि हुने चोटपटक मात्रै होइन सार्वजनिक रुपमा हिँड्दा मधुमेहका विरामीमा हुने आकस्मिक रूपमा निम्तने स्वास्थ्य जटिलताका बारेमा पनि जानकारी लिन आवश्यक छ किनभने मधुमेहका विरामीमा कहिलेकाहीँ ग्लुकोज एक्कासी कम भएर बेहोस समेत हुन गरेको पाइन्छ।’

सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचारको सुरुवात गर्न मद्दत गर्ने उद्देश्यले यो तालिमको सुरु गरिएको समेत उनले बताए।

कार्यक्रममा प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ दुर्घटनापछि पहिलो घण्टाको महत्वबारे विस्तृत जानकारी गराउँदै सो अवधिमा गरिएको प्राथमिक उपचारले धेरै जीवन बचाउन सकिने तथ्य प्रस्तुत गरेका थिए ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP