Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा 

१६ भदौ ।

कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले वन संरक्षणसँगै वनबाट प्राप्त हुने लाभ समुदायको हितमा उपयोग हुनुपर्ने बताए । उहाँले वन स्रोतको दिगो व्यवस्थापन गर्दै उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख गणेशबहादुर खड्काले वन संरक्षण तथा व्यवस्थापनका विषयमा धारणा राख्नुभएका थिए ।

शिवराज नगरपालिका-५ का वडा अध्यक्ष नेत्र बेल्वासेले उपभोक्ताको आवश्यकतालाई आधार बनाएर काठ वितरण गर्नुपर्ने बताए । वनबाट प्राप्त काठ वास्तविक आवश्यकता भएका उपभोक्ताले सहज रूपमा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

सभामा समूहका अध्यक्ष हरि पोखरेलले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा चालु वर्ष ८ सय ४६ वटा रुख कटान गर्ने उल्लेख गरिएको छ।

साधारणसभाले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय समेत गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

साधारणसभामा वन संरक्षण, व्यवस्थापन, काठ वितरण तथा उपभोक्ताको हितलगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा समूहका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP