भाेला गुप्ता
(विजयनगर) कपिलवस्तु, ३० असोज ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-६, छुटपाटी क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका १ हजार ५ सय ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।
गस्तीमा खटिएको सशस्त्र प्रहरी र अस्थायी प्रहरी पोस्ट खडेचौरको संयुक्त टोलीले भारतबाट नेपालतर्फ लुकाइछिपाइ ल्याइँदै गरेका चल्ला बरामद गरेको हो ।
प्रहरीका अनुसार UP 55 AA 1572 नम्बरको भारतीय TVS मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका १० कार्टुन ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिइएको थियो। बरामद चल्लाको कुल संख्या १ हजार ५ सय रहेको छ।
भारतबाट अवैध रूपमा ल्याइँदै गरेका चल्ला र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया