Trending
flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता

राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा राकेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै मधेसी तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका यादवले नेपाली कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने बताउनुभएको छ ।

यादवले युवाको सहभागिता बढाउने, पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबुत बनाउने तथा कपिलवस्तुका स्थानीय मुद्दा र जनताको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।

उहाँले नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सहभागी गराउँदै कांग्रेसलाई समयअनुकूल रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा यादवले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाउनुभएको छ । उहाँले आफ्नो उम्मेदवारीका विषयमा प्रतिनिधिहरूसँग सुझाव तथा समर्थनका लागि संवाद गरिरहनुभएको जनाइएको छ । कपिलवस्तु क्षेत्र नं. २ बाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारीलाई महाधिवेशनमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP