कृष्णनगर, २० असाेज ।
बडादसैँ तथा शुभ दीपावलीलाई लक्षित गर्दै कपिलवस्तुको कृष्णनगर र बहादुरगञ्जमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सहकार्यमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज तथा इलाका प्रहरी कार्यालय कृष्णनगरले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक (सई) देवीराम पराजुलीले जानकारी दिए ।
उनका अनुसार बडादसैँ तथा दीपावलीका समयमा यात्रु ठगीमा पर्ने, सवारी चालक तथा गाडी सञ्चालकले तोकिएको भन्दा बढी भाडा असुल्ने लगायतका समस्या हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहायता कक्ष सञ्चालन गरिएको हो ।
सहायता कक्षमार्फत यात्रुको गुनासो तथा समस्या तत्काल सम्बोधन गर्ने, बढी भाडा असुली तथा यात्रुलाई ठगी गर्ने कार्य नियन्त्रण गर्ने र चाडपर्वका बेला सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सहयोग पुग्ने प्रहरीले जनाएको छ ।
चाडपर्वकाे बेला यसरी कृष्णनगरमा निरन्तर र बहादुरगञ्जमा पहिलो पटक नागरिक तथा यात्रु कक्षा सञ्चालन गरिएको हाे । प्रहरीले चाडपर्वका समयमा यात्रुलाई कुनै समस्या परेमा सहायता कक्षमा सम्पर्क गरी गुनासो तथा सूचना दिन आग्रह गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया