Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम सम्पन्न

 

काठमाडौं : ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’ माथि किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रकाशनको ८ महिनामै ३० हजार बढी प्रति बिक्री भएको यस उपन्यासमाथि लेखक पुरुषोत्तम बजगाईँसँग लेखक तथा पत्रकार दीपक सापकोटाले संवाद गरेका हुन्।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयाजित कार्यक्रममा युवा पाठकहरूको उल्लेख्य उपस्थिति थियो। प्रेम, मित्रता, पारिवारिक सम्बन्ध र युवावस्थाको मानसिक द्वन्द्वलाई सरल, तर संवेदनशील ढङ्गले प्रस्तुत गरिएको ‘नीलो प्रेम’ का विषयमा पत्रकार सापकोटाले नीलो प्रेमको अर्थ, युवा पुस्ताबीचको प्रेम सम्बन्ध, समाजप्रति तिनको दृष्टिकोण, जेन–जी पुस्ताको पुस्तकप्रतिको आकर्षण, प्रेम आख्यानमाथिको विषयगत रुचि, पारिवारिक सम्बन्ध, जीवनका कठिन मोडलगायत विषयमा प्रश्न र विमर्श गरेका थिए।

लेखक पुरुषोत्तमसँग विशेषगरी किशोर–किशोरीबीचको प्रेम सम्बन्ध र जीवनका उतारचढावका विषयमा सापकोटाले चासो राखेका थिए।
जवाफमा लेखक बजगाईंले युवाअवस्थाको मनोविज्ञानलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए। प्रेम, मित्रता, परिवार, आत्मपहिचान र समाज किशोरावस्थाका अत्यन्त संवेदनशील विषय भएकाले पुस्तकमा ती विषय समेट्ने प्रयास गरेको बताएका थिए।

‘कथाको विषयवस्तु नीलो आकाशझैँ विशाल र सागरझैँ हार्दिकताको गहिराइको चरणमा हुने अनन्त आदर्श प्रेमको हो। यसैले पुस्तकको शीर्षक पनि सान्दर्भीक छ। पुस्तकेको नीलो रंगले यही द्वन्द्व, गहिराइ र एक्लोपनलाई प्रतीकात्मक रूपमा बोकेको छ,’ लेखकले भने, ‘उपन्यास लेख्दा मैले युवावस्थाको यही मनोविज्ञानलाई नजिकबाट बुझ्ने प्रयास गरेको थिएँ।’

आजका युवाहरूको प्रेम सम्बन्धमाथिे समाजमा भ्रम र पूर्वाग्रह रहेकोमा आफू उनीहरूको भावनालाई दोष दिने हेइन, तिनलाई बुझ्ने पक्षमै रहेको लेखकको भनाइ थियो। ‘प्रेम कहिले कठोर, कहिले कोमल रूपमा संसार बुझ्ने विशिष्ट माध्यम हो’, बजगाईंले भने।

पत्रकार सापकोटाको ‘पुस्तक बहुचर्चित भएपछि अब यसलाई दृष्यमा पनि देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए। ‘नीलो प्रेम’ लाई फिल्म बनाउने वा नाट्य रूपान्तरण गर्नेभन्दा पनि किताबकै रुपमा सीमित राख्ने आफ्नो चाहना भएको लेखकले बताए। कथाको अन्त्य ‘ओपन इन्डिङ’ भएको प्रसंगमाथि विमर्श गर्दै सापकोटाको ‘पुस्तकको सिक्वेल सम्भावना छ ?’ भन्ने प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए।

समीक्षकका अनुसार, प्रेमकथामा आधारित भए पनि ‘नीलो प्रेम’ उपन्यासले सामाजिक, सांस्कृतिक र आर्थिक आयामलाई पनि निकै सूक्ष्म रूपमा उतारेको छ। आदर्श प्रेमको पक्षलाई जीवन्त बनाएको यो किताब सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेलले बताए।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP