Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जय ट्रफीको निम्ति छनोट भए ६ टोली

काठमाडौंः जय ट्रफीको आगामी संस्करण खेल्ने ६ वटै टोलीको टुंगो लागेको छ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरण पूरा भएसँगै जय ट्रफी खेल्ने ६ वटै टिमको टुंगो लागेको हो।

जय ट्रफीमा प्रधानमन्त्री कपका शीर्ष ६ टिम छनोट हुने प्रावधान छ। क्यानले गत चैत्र २६ गते प्रतियोगिताका चार शीर्ष टिम छनोट हुने प्रावधान परिमार्जित गर्दै ६ टिमसम्म पु¥याएको थियो।

जय ट्रफी खेल्ने टिमहरूमा शीर्ष ६ का विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश छन्।

समूह चरणमा आर्मी १७ अंकका साथ शीर्ष स्थानमा रह्यो। सुदूरपश्चिम १२ अंकका साथ दोस्रो स्थानमा रह्यो। तेस्रो स्थानको एपीएफले ११ अंक बनाएको थियो। समान अंक जोडे पनि रन रेटले पछि पर्दा मधेस चौथो स्थानमा सीमित भयो। पुलिस र लुम्बिनीले समान नौ अंक बनाए पनि रट रेटका आधारमा पाँचौँ र छैटौँ स्थानमा चित्त बुझाए।

निर्णायक खेलमा मधेसको जित
हिजो सम्पन्न अन्तिम तथा निर्णायक खेलमा मधेस प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गर्दै जय ट्रफीमा स्थान बनाएको हो। तालिकाको चौथो शीर्ष टोलीको रूपमा जय ट्रफीमा स्थान बनाएको मधेसलाई उक्त खेलमा जित्नै पर्ने दबाब थियो। खेलमा पराजित भएको भए मधेस जय ट्रफीको निम्ति छनोट नहुन सक्ने सम्भावना उच्च थियो।

पुलिसले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको मधेसले २४.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको थियो। हारका बाबजुद पुलिसले भने पाँचौँ शीर्ष टोलीको रूपमा जय ट्रफीमा स्थान सुरक्षित गरेको छ।

आर्मी अपराजित टोली, कोसी जितविहीन
हरेक प्रदेशका एक टिमसहित विभागीय टिमहरू आर्मी, पुलिस र एपीएफ गरी कूल १० टिमले ‘सिंगल राउण्ड रोबिन प्रणाली’ का आधारमा कूल ९१ खेल खेले।

९१ खेल सम्पन्न हुँदा शीर्ष टोलीसमेत रहेको आर्मी अपराजित टोली बन्यो। १७ अंक जोडेको आर्मीले नौ खेलमा आठ जित हासिल गरेको थियो। टोलीको एक खेल भने रद्द भएको थियो।

आर्मीले पहिलो खेलमा पुलिसलाई २२ रन, दोस्रो खेलमा गण्डकीलाई सात विकेट, चौथो खेलमा वाग्मतीलाई तीन विकेट, पाँचौँ खेलमा मधेसलाई ६ विकेटले पराजित गरेको थियो।

यस्तै, छैटौँ खेलमा कर्णालीलाई १३८ रन, सातौँ खेलमा सुदूरपश्चिमलाई सात विकेट, आठौँ खेलमा कोसीलाई १८५ रन र नवौँ खेलमा लुम्बिनीलाई एक विकेटले पराजित गरेको थियो। एपीएफविरुद्धको तेस्रो खेल भने रद्द भएको थियो।

यता, कोसी प्रदेश भने प्रतियोगिताको एकमात्र जितविहीन टोली बन्यो। कोसीले नौ खेल खेल्दा आठ खेलमा हार व्यहो¥यो। कोसीको पनि एक खेल रद्द भएको थियो।

यसपछि भएका खेलहरूमा क्रमशः कोसीले लुम्बिनीसँग १४८ रन, कर्णालीसँग १६ रन, सुदूरपश्चिमसँग सात विकेट, पुलिससँग ६ विकेट, गण्डकीसँग ३९ रन, वाग्मतीसँग सात विकेट, एपीएफसँग पाँच रन र आर्मीसँग १८५ रनको हार व्यहोरेको थियो। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP