Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप

‘एल क्लासिको’ भिडन्तमा रियाल मड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। बार्सिलोनाको यो उपाधि कीर्तिमानी १६औं उपाधि हो।

बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। रियालको लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक गोल फर्काएका थिए।

साउदी अरेबियामा भएको खेलमा अग्रता बार्सिलोनाले नै बनायो। खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको थियो। रोमाञ्चक खेलमा बार्सिलोनाले दोस्रो हाफमा विजयी गोल गरेको थियो।

बार्सिलोनाले नयाँ वर्षको सुरुमै उपाधि जितेको छ। योसँगै रियाल दबाबमा आएको छ। बार्सिलोना ला लिगामा पनि शीर्ष स्थानमा छ। बार्सिलोनाले चार अंकको अग्रता बनाएको छ।

फर्मिन लोपेजको पासमा राफिन्हाले ३६औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा थप तीन गोल निस्किदा पहिलो हाफ २–२ को बराबरीमा सम्पन्न भयो।

भिनिसियस जुनियरले थपिएको २ मिनेटमा बराबरी गोल गरे। दुई मिनेटपछि नै लेवान्डोस्कीले फेरी बार्सिलोनालाई २–१ को अग्रता बनाए।

पहिलो हाफको इन्जुरी छैटौं मिनेटमा गार्सियाले रियाललाई २–२ को बराबरीमा ल्याएका हुन्। खेलको ७३औं मिनेटमा डानी ओल्मोको पासमा राफिन्हाले विजयी गोल गरेका हुन्।

खेलको इन्जुरी समयमा फ्राङ्की डि जोङले रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP